logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

    • hamroserophero hamroserophero
    • २३ चैत्र २०८२ सोमबार
    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

    २३ चैत- काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३१ बस्ने बैतडी दोगडाकेदार गाउँपालिका-५ घर भएका ३४ वर्षीय विरेन्द्र बहादुर चन्द र नवलपरासी पश्‍चिम रामग्राम नगरपालिका-१३ घर भएका ३८ वर्षीय महाविर नाउ रहेका छन् ।

    पक्राउ मध्ये विरेन्द्रले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १५ लाख रूपैयाँ र महाविरले अजरवैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विरेन्द्रलाई काठमाडौं महानगरपलिका-१० बाट र महाविरलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।



    hamroserophero hamroserophero    
  • २३ चैत्र २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP