logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • प्रधानमन्त्री बालेनले बोलाएको बैठक हर्क साम्पाङले गरे बहिष्कार

    • hamroserophero hamroserophero
    • १६ चैत्र २०८२ सोमबार
    प्रधानमन्त्री बालेनले बोलाएको बैठक हर्क साम्पाङले गरे बहिष्कार

    १६ चैत- काठमाडौं, प्रधानमन्त्री बालेन्द्र साहले बोलाएको सांसदहरूको बैठक श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले बहिष्कार गरेका छन् ।

    प्रधानमन्त्रीले बोलाएको कोठे बैठकमा सहभागी नहुने उनले स्पष्ट पारेका हुन् । आफ्ना पार्टीका अन्य सांसदहरू पनि बैठकमा सहभागी नहुने उनले बताए ।

    ‘प्रधानमन्त्रीले सदन बोलाउनतिर पहल नगरी कोठे बैठकमा बोलाउनुको कारण थाह भएन । हामी कोठे बैठकमा आउँदैनौँ,’ उनले भनेका छन्, ‘सदनको बैठक बोलाउनु पर्‍यो । हप्ताको १ चोटि कम्तीमा राख्नुपर्छ बैठक । जनताको प्रश्नहरुदेखि भाग्न पाइँदैन । सबै प्रश्नका उत्तर दिनैपर्छ । जय लोकतन्त्र ।’



    hamroserophero hamroserophero    
  • १६ चैत्र २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP