logo
  • १९ जेष्ठ २०८३, मंगलवार | Tue, 02 Jun 2026
  • अमेरिकामा ८ जना बोकेको मेक्सिकन विमान समुद्रमा खस्यो, ५ को मृत्यु

    अमेरिकामा ८ जना बोकेको मेक्सिकन विमान समुद्रमा खस्यो, ५ को मृत्यु

    ८ पुष-अमेरिका, टेक्सस राज्यमा मेक्सिकन नौसेनाको विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

    सोमबार दिउँसो मेडिकल बिरामी बोकेको मेक्सिकन नौसेना विमान टेक्ससको ग्याल्भेस्टन खाडीमा खसेको हो। दुर्घटनामा २ वर्षका बालकसहित ५ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ८ जना सवार मेक्सिकन नेभी बिचक्राफ्ट किङ एयर ३५०आई बाक्लो कुहिरोका कारण स्कोल्स अन्तर्राष्ट्रिय विमानस्थलनजिकै पुग्दा ग्याल्भेस्टन खाडीमा खसेको हो।

    फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइट रडारका अनुसार विमान मेक्सिकोको युकाटन राज्यको मेरिडाबाट उडेको थियो। दुर्घटनामा दुई जना भने बाँच्न सफल भएका छन् तर एकजना हराइरहेको जनाइएको छ।



    hamroserophero hamroserophero    
  • ८ पुष २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP