logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

    जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

    ८ चैत -काठमाडौं, जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका-५ आकाश टोल बस्ने मकवानपुर भीमफेदी गाउँपालिका-१ घर भएका २५ वर्षीय सुभाष सुनारलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला अदालत काठमाडौंको २०७५ जेष्ठ २४ गतेको फैसलाले उक्त मुद्दामा ५ वर्ष ११ महिना १० दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका-५ बाट पक्राउ गरेको हो ।

    उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।



    hamroserophero hamroserophero    
  • ८ चैत्र २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP