logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • दुई जना ब्राउन सुगर सहित पक्राउ

    दुई जना ब्राउन सुगर सहित  पक्राउ

    १४ माघ- बाँके, नेपालगंज उपमहानगरपालिका-११ स्थित सिएसटि होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६१ ग्राम २ सय मिलिग्राम, डिजिटल तराजु १ थान, ५१ हजार १ सय ६० नेपाली रूपैयाँ, १८ हजार भारतीय रूपैयाँ र मोबाइल ४ थान सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

     

    पक्राउ पर्नेहरूमा बर्दिया बढैयाताल गाउँपालिका-५ जगतपुर बस्ने २५ वर्षीय सन्देश थारू र उनकै श्रीमती २३ वर्षीया कनिना थारू रहेका छन् । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको भे.१० प ८२७५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    hamroserophero hamroserophero    
  • १५ माघ २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP