२७ चैत- काठमाडौं । कलाकार सागर लम्साल बले हाजिरी जमानीमा रिहा भएका छन् ।
उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज हाजिरी जमानीमा रिहा गरेर परिवारको जिम्मा लगाएको हो । उनलाई अभद्र व्यवहारको कसुरमा ५ दिनअघि पक्राउ गरिएको थियो ।
अमेरिकामा बस्ने संगम बिष्टले बलेमाथि बलत्कारको आरोप लगाएकी छन् । उनले अमेरिकामा बलेविरुद्ध मुद्दा दायर गरेकी छिन् ।
प्रतिक्रिया