logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • गगन बने भावी प्रधानमन्त्रीको उम्मेदवार

    • hamroserophero hamroserophero
    • १० माघ २०८२ शुक्रबार
    गगन बने भावी प्रधानमन्त्रीको उम्मेदवार

    ९ माघ – काठमाडौं, नेपाली कांग्रेसले पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा औपचारिक रूपमा घोषणा गरेको छ। आइतबार बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो।

    बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति विश्वप्रकाश शर्माले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएको जानकारी दिए। उनले बैठकमा प्रधानमन्त्रीको उम्मेदवार किन अहिले नै घोषणा गर्नुपर्‍यो भन्ने सन्दर्भमा धारणा राख्दै छ वटा बुँदा प्रस्तुत गरेका थिए।

     

    शर्माका अनुसार सातौँ बुँदामा सभापति गगन कुमार थापालाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएको जानकारी गराइएको थियो।

    कांग्रेसले नेतृत्व पुस्तान्तरण, राजनीतिक स्थायित्व, सुशासन र जनअपेक्षा सम्बोधनका लागि स्पष्ट राजनीतिक सन्देश दिन उम्मेदवार घोषणा गरिएको बताएको छ। पार्टी निर्णयलाई आगामी निर्वाचनको तयारी र संगठन सुदृढीकरणसँग जोडेर हेरिएको छ।



    hamroserophero hamroserophero    
  • १० माघ २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP