logo
  • २२ जेष्ठ २०८३, शुक्रबार | Fri, 05 Jun 2026
  • विवादित व्यापारीको करोडौँको गाडी लिएर बालेन प्रचारमा हिँडेको भनि विवाद

    • hamroserophero hamroserophero
    • १० माघ २०८२ शुक्रबार
    विवादित व्यापारीको करोडौँको गाडी लिएर बालेन प्रचारमा हिँडेको भनि विवाद

    ९ माघ-काठमाडौं,  झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका बालेन्द्र साह अहिले चुनाव प्रचारप्रसारमा व्यस्त छन् । उनी झापाबाट इलाम, पाँचथर हुँदै ताप्लेजुङ पुगेका छन् ।

    अहिले चुनाव प्रचारमा उनले प्रयोग गरेको गाडी र पहिरनको चर्चा भइरहेको छ । गरिबको चमेली बोलीदिने कोही छैन भन्दै गीत गाउने बालेन अहिले करोडौंको गाडीमा चढेर प्रचारमा छन् । त्यसमाथि उनले चढेको उक्त करोडौंँको गाडी उद्योगपतिको भएको बताइएको छ ।

    उनले चढेको बागमती प्रदेश ०१ ०३३ च ४३४३ नम्बरको ल्याण्डरोभर डिफेन्डर टप भेरियन्ट गाडी हो । जुन गाडी नेपालमा उच्च मूल्य पर्ने लक्जरी मोडेलमध्ये पर्छ। कम्तीमा २ करोडबाट शुरु हुने ल्याण्डरोभरका गाडीहरु पछिल्लो भेरियन्टको मूल्य आठ करोडसम्म पर्दछ । उक्त गाडी करेन्ट चाउचाउका मालिक कमल मालपानीका छोरा नितेशको नाममा रहेको बताइएको छ ।

    यस्तै उनले लगाएको ज्याकेटको मूल्य पनि हजारौँ पर्ने देखिएको छ । उनले लगाएको एडिडास कम्पनीको टेरेक्स ज्याकेटको नेपाली मूल्य करिब ३५ हजार पर्दछ ।

    करेन्ट चाउचाउ र करेन्ट गुट्खा उत्पादन गर्ने मालपानी राजस्व छली, सुपारी तस्करी, श्रम शोषण र नागरिकता विवादका कारण लामो समयदेखि विवादमा छन्।



    hamroserophero hamroserophero    
  • १० माघ २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP