logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा सरकार अग्रसर : प्रधानमन्त्री कार्की

    युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा सरकार अग्रसर : प्रधानमन्त्री कार्की

    काठमाण्डाै । प्रधानमन्त्री सुशीला कार्कीले देशमा विकसित घटनाक्रमबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक विधि प्रक्रियाबाट युवाले चाहेजस्तो देश निर्माण गर्न सरकार अग्रसर रहेको बताएकि छन् । जतिसुकै मतभेद भए पनि एकापसमा हातेमालो गर्दै आपसी संवाद र सहमतिका आधारमा देशलाई राजनीतिक निकास दिने गरि सरकार अघि बढेकाे उनकाे भनाइ छ ।

    ‘तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद्’ द्वारा आज टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले लोकतन्त्रको मुख्य आधार उल्लासमय वातावरणसहित स्वच्छ र निष्पक्ष चुनाव रहेको बताइन् । उनले राजनीतिक दलका तर्फबाट उत्साहका साथ समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेश भएसँगै प्रतिनिधिसभा सदस्यको चुनाव सुनिश्चित भएको उल्लेख गरिन ।

    आउँदो चुनावका सन्दर्भमा जिम्मेवार राजनीतिक दलसहित र युवाहरूबाट प्राप्त अमूल्य सहयोगका लागि धन्यवाद दिँदै प्रधानमन्त्री कार्कीले सम्बद्ध सबै पक्षको सहयोगमा उत्साहपूर्ण ढङ्गबाट चुनाव सफल हुने विश्वास व्यक्त गरिन।

    शान्ति, सुरक्षाको प्रत्याभूतिसहित भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै देशलाई राजनीतिक निकास दिन अहोरात्र खटिरहेको सरकारलाई साथ दिन सबैसँग अनुरोध गरिन ।



    hamroserophero hamroserophero    
  • १५ पुष २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP