logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • छलछाम गरेर संसदबाट हटायो,रवि लामिछाने

    छलछाम गरेर संसदबाट हटायो,रवि लामिछाने

    ५ माघ – जनकपुर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई छलछाम गरेर संसदबाट बाहिर निकालिएको दाबी गर्दै आगामी दिनमा रास्वपालाई सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने बताएका छन् ।

    जनकपुरमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले चितवनबाट अत्यधिक मतसहित निर्वाचित भए पनि षड्यन्त्रपूर्वक संसद सदस्य पद गुमाउनुपरेको बताए ।

     

    आफूमाथि निरन्तर मुद्दा लगाइँदै आएको उल्लेख गर्दै उनले ती मुद्दाबाट नडराउने स्पष्ट पारे । ‘प्रत्येक दिन मेरो टाउकोमा मुद्दा लगाइएका छन् तर मलाई प्रवाह छैन । जनताको मुद्दा बोकेर हिँडेको मान्छे यस्ता मुद्दाहरूमा लड्दै जित्दै जान्छ । हारे हारिन्छ, जिते जितिन्छ,’ उनले भने ।

    लामिछानेले काठमाडौं महानगरपालिकाका निर्वतमान मेयर बालेन शाहसँगको भेटबारे पनि धारणा राखे । उनले बालेनसँगको भेट पाँच मिनेटमै टुंगिएको भन्दै देश र जनतालाई केन्द्रमा राख्दा लामो वार्ताको आवश्यकता नपर्ने बताए ।

    उनले आफू र बालेन शाह दुवै देशको हित र जनताको चाहनाअनुसार एक ठाउँमा आएको उल्लेख गर्दै नेपालले अब गरिबी र विभेद सहन नसक्ने अवस्था आएको बताए ।



    hamroserophero hamroserophero    
  • ६ माघ २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP