logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

    कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

    १ माघ- काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका-४ बस्ने धनुषा बटेश्वर गाउँपालिका-१ घर भएका ३६ वर्षीय राम बिहारी महतोलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

    रामले कुवेत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-४ बाट पक्राउ गरेको हो ।

    उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।



    hamroserophero hamroserophero    
  • २ माघ २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP