logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • नेप्से ४.९० अंकले बढ्यो

    नेप्से ४.९० अंकले बढ्यो

    २९ पुष- काठमाडौं, आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक बढेको छ । अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले घटेको नेप्से मंगलबारको बजारमा भने ४.९० अंकले बढ्दै २६३९.९१ विन्दुमा पुगेको हो ।

     

    आजको दिन सेन्सेटिभ इण्डेक्स ०.५४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंकले उकालो लागेको छ । नेप्सेसँगै आज कारोबार रकममा पनि सुधार देखिएको छ ।

     

    सोमबार ६ अर्ब ४७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा मंगलबार ३४९ स्टकको ७७ हजार १७ पटकको कारोबारमार्फत ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।



    hamroserophero hamroserophero    
  • २९ पुष २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP