logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • विश्वप्रकाश र मविरुद्ध घेराबन्दी भयो: गगनकुमार थापा

    विश्वप्रकाश र मविरुद्ध घेराबन्दी भयो: गगनकुमार थापा

    २३ पुष- काठमाडौं,  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र विश्वप्रकाश शर्माविरुद्ध घेराबन्दी भएको बताएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले महामन्त्रीहरूविरुद्ध पार्टीमा घेराबन्दी भएको बताएका हुन् ।

    “नेपाली कांग्रेस पार्टीभित्र पछिल्लो समयमा प्रक्रिया र विधान निल्दै जाने क्रममा म र अर्को महामन्त्री (विश्वप्रकाश शर्मा) दुई जनालाई पार्टीको महामन्त्रीका रूपमा आफ्नो भूमिका निर्वाह गरिरहँदा यसलाई कर्नर गर्ने, घेराबन्दी गर्ने, यसका विरुद्ध सबै मिल्ने काम भएको छ,” उनले गुनासो गरे ।

    उनले नेपाली कांग्रेसले पछिल्लो समय प्रक्रिया, विधान निल्दै गएको आरोपसमेत लगाए । संख्याको दम्भले नेताहरूले आफूहरूमाथि प्रहार गरिरहेको र सबै मिल्ने काम भएको पनि स्पष्ट पारे ।

    पार्टी कार्यालयको घेराबन्दी सानो भएको र आमकार्यकर्ताको घेराबन्दी ठूलो भएकाले आम नागरिकले त्यसको छिनोफानो गर्ने जिकिर गरे ।

    “यहाँभित्र सबै मिलेर मलाई र विश्वप्रकाश शर्मालाई जति घेराबन्दी गरे पनि यहाँको घेरा सानो छ । तर, पार्टीको घेरा ठूलो छ, समर्थक, शुभेच्छुकको घेरा ठूलो छ । तपाईंहरू हामीलाई पार्टीको या साँघुरो घेराबाट झन् ठूलो घेरामा जान बाध्य पार्दै हुनुहुन्छ ।”



    hamroserophero hamroserophero    
  • २३ पुष २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP