logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • गुपचुप ‘लिभिङ टुगेदर’मा बसेका डीएसपी बहुबिवाह केसमा कारागार चलान

    गुपचुप ‘लिभिङ टुगेदर’मा बसेका डीएसपी बहुबिवाह केसमा  कारागार चलान

    २० पुष- रुपन्देही,  नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल कारागार चलान भएका छन् ।

    बहुविवाहको अभियोगमा पक्राउ परेका उनलाई अदालतले कारागार चलान गर्न आदेश दिएको हो । बहुविवाहसम्बन्धी उजुरी परेपछि डिएसपी नेपाल र असई गीता पुरीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनीहरू दुवै मंसिरको तेस्रो हप्ता रुपन्देही प्रहरीसमक्ष पुगेका थिए ।

    तर उनीसँगै पक्राउ परेकी असई गीता पुरीलाई भने अदालतले ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ । डिएसपी नेपाल जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत थिए भने गीता पुरी बुटवलस्थित धागो कारखानामा रहेको नेपाल प्रहरी विशेष सुरक्षा गणमा कार्यरत असई हुन् ।

    अदालतमा डिएसपी नेपालले गीता पुरीसँग आफ्नो प्रेम सम्बन्ध रहेको र ‘लिभिङ टुगेदर’का क्रममा सन्तान जन्मिएको बयान दिएका छन् । कान्छी श्रीमती तर्फबाट उनका ५ वर्षको छोरी र २ वर्षको छोरा रहेका छन् ।



    hamroserophero hamroserophero    
  • २० पुष २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP