logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी अझै सम्पर्कविहीन

    नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी अझै सम्पर्कविहीन

    ललितपुर । ललितपुरमा रहेकाे नख्खु कारागारबाट नवयुवा आन्दोलनका क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गएकाे भदौ २४ गते नख्खु कारागारमा भएको घटनापछि विभिन्न मुद्दामा दोषी ठहर भइ सजाय भोगिरहेका १ हजार २८० जना कैदीबन्दी फरार भएका थिए ।

    कारागार प्रशासनका अनुसार अहिलेसम्म तीमध्ये ७० प्रतिशत कैदीबन्दी स्वेच्छाले वा सुरक्षा निकायको समन्वयमा कारागार फर्किसकेका छन् भने बाँकी ३० प्रतिशत अझै फरार अवस्थामा छन् ।

    नख्खु कारागारका प्रमुख दीर्घराज उपाध्यायका अनुसार फरार कैदीबन्दीको खोजीकार्य निरन्तर चलिरहेकाे छ । उनले भने, ‘फरार कैदीबन्दीको खोजी नेपालभित्र मात्र नभइ देशबाहिरसम्म पनि भइरहेको छ । कानून अनुसार सबै फरार कैदीबन्दीलाई कारागार फर्काउने अभियानमा हामी सक्रिय छौँ ।’

    कारागार विभागले तोकेको समयसीमा अनुसार गएकाे असोज २० गतेसम्म कारागारमा नफर्कने कैदीबन्दीलाई कारागार ऐन २०७९ तथा अन्य प्रचलित कानून अनुसार कारबाही गरिने जानकारी यसअघि सार्वजनिक भएको थियो ।

    कारागार प्रशासनले फरार कैदीबन्दीको खोजी तथा नियन्त्रणमा सहयोग गर्न कैदीबन्दीका परिवारजन, सुरक्षा निकाय, पालिका, सञ्चारमाध्यम, सम्बन्धित सरकारी कार्यालय तथा सरोकार भएका सबै पक्षलाई सहयोगका लागि आग्रह गरेको छ ।



    hamroserophero hamroserophero    
  • १७ पुष २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP