logo
  • ६ बैशाख २०८३, आईतवार | Sun, 19 Apr 2026
  • राष्ट्रपति जेलेन्स्की भन्छनः युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार छ ।

    • hamroserophero hamroserophero
    • ११ पुष २०८२ शुक्रबार
    राष्ट्रपति जेलेन्स्की भन्छनः युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार छ ।

    ११ पुष- युक्रेनी, राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेन–रुसबीचको शान्ति सम्झौतासम्बन्धी केही कागजातहरू ‘पूर्ण रूपमा तयार’भइसकेको बताएका छन् ।

    उनले अमेरिकी विशेष दूतहरू स्टिभ विटकोफ र जारेड कुश्नरसँग भएको छलफलपछि संवेदनशील विषयहरूमा सहमति जुटाउन अझंै काम गर्नुपर्ने बताएका छन् ।

    उनले शान्ति प्रक्रियालाई अगाडि बढाउन अमेरिकी सहयोगप्रति आभार व्यक्त गर्दै ‘धन्यवाद, अमेरिका,’ भनेका छन् । यसअघि बिहीबार नै राष्ट्रपति जेलेन्स्कीले युक्रेनी प्रतिनिधिमण्डलसहित अमेरिकी विशेष दूत स्टिभ विटकोफ र जारेड कुश्नरसँग भेटवार्ता गरेका थिए ।

    भेटपछि उनले दिगो शान्तिका लागि ‘राम्रा विचारहरू’ अघि आएको बताएका छन् । एक्समा लेख्दै उनले रचनात्मक दृष्टिकोण, निरन्तर प्रयास र युक्रेनी जनताप्रति व्यक्त गरिएको सद्भावनाका लागि अमेरिकी दूतहरूलाई धन्यवाद दिए ।

    उनका अनुसार छलफलमा शान्ति प्रक्रियासँग जोडिएका महत्वपूर्ण विवरणहरूमा समेत कुराकानी भएको थियो । ‘वास्तविक सुरक्षा, पुनर्निर्माण र शान्ति हामी सबैका आवश्यकता हुन—युक्रेन, अमेरिका, युरोप र सहयोग गर्ने सबै साझेदारहरू रहेका छन ।

    यसैबीच, क्रिसमसको अवसरमा युक्रेनी जनतालाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले शान्तिको कामना गरेका छन् । तर उनले पर्वको पूर्वसन्ध्यामा रुसले व्यापक आक्रमण गरेको भन्दै आलोचना पनि गरे ।
    एएनआई



    hamroserophero hamroserophero    
  • ११ पुष २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP