logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • आफूलाई शाखा अधिकृत बताउने नक्कली कर्मचारी पक्राउ

    आफूलाई शाखा अधिकृत बताउने नक्कली कर्मचारी पक्राउ

    ९ पुष- काठमाडौं, आफूलाई शाखा अधिकृत बताउने नक्कली कर्मचारी काठमाडौं महानगरपालिका-२२ झोछे बस्ने ललितपुर, ललितपुर महानगरपालिका-१५ थसिखेल घर भएका २३ वर्षीय समन श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

    लोकसेवा आयोगको कार्यालयबाट शाखा अधिकृत पदमा नियुक्ति पत्र प्राप्त गरेको नक्कली कागजात तयार गरी सरकारी कर्मचारीले लगाउने पोशाक समेत लगाई प्राप्त नगरेको ओहदाको परिचय देखाई फाईदा लिन खोज्ने कार्य गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो ।

    उनलाई सरकारी छाप तथा लिखत सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।



    hamroserophero hamroserophero    
  • ९ पुष २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP