logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • कांग्रेस महाधिवेशन : तल्लो तहको महाधिवेशन तालिका सार्ने तयारी

    कांग्रेस महाधिवेशन : तल्लो तहको महाधिवेशन तालिका सार्ने तयारी

    काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि निर्धारित कार्यतालिकाअनुसार वडा अधिवेशन सुरू नहुने निश्चितप्रायः देखिएको छ ।

    क्रियाशील सदस्यता नवीकरण र वितरणको काममा ढिलाइ भएकाका कारण १६ पुसमा हुने भनिएको वडा अधिवेशन नहुने जस्तै देखिएको छ ।

    कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ समय तालिकाअनुसार क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्न असफल भएको छ ।

    १५ मंसिरमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले २५ मंसिरभित्र नवीकरण नभएका, छुटेका, विवरण पठाउन बाँकी रहेका जिल्लाले जिल्ला कार्यसमितिको बैठकको निर्णय, नवीकरणको सूचीको अन्तिम नामावली र रकम केन्द्रमा पठाउन भनेको थियो ।

    निर्धारित समयावधिभित्र नवीकरणको काम सम्पन्न हुने नदेखिएपछि ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले २४ मंसिरमा चार दिनका लागि म्याद थप गरेको थियो ।



    hamroserophero hamroserophero    
  • ७ पुष २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP