logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजा सहित दुई जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजा सहित दुई जना पक्राउ

    ६ पुष- काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेट एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब ४ किलो २ सय ८४ ग्राम सहित भारतीय नागरिक ३३ वर्षीय रंजित सिंह आइतबार दिउँसो पक्राउ परेका छन् ।

     

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका रंजितलाई जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै उक्त लागूऔषध संकलन गर्न आएका भारतीय नागरिक पुनित शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको छ ।

    उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।



    hamroserophero hamroserophero    
  • ६ पुष २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP