logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • हत्या गरेको अभियोगमा पक्राउ

    हत्या गरेको अभियोगमा पक्राउ

    ६ पुष- खोटाङ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-९ सिगाने बस्ने ५८ वर्षीय पदम रोक्काको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने  ५० वर्षीय दिल कुमार भुजेललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    वादविवादको क्रममा दिल कुमारले कुटपिट गर्दा पदमको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी निर्मलीडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    hamroserophero hamroserophero    
  • ६ पुष २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP