पौष ४ – बुटवल, रास्वपाका सभापती रवि लामिछाने रिहा भएका छन् ।
जिल्ला अदालत रुपन्देहीले अदालतसमक्ष उपस्थित भएर उनले तीन करोड ७४ लाख ८४ हजार बराबरको बैंक जमानत बुझाएर रिहा भइका हुन् ।
रवि आज ९पुस ४० बिहान पौने ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा आउने तयारीमा थिए । तर, गौतमबुद्ध विमानस्थलको भिजिबिलिटी कम भएर उडान नभएपछि भरतपुरसम्म विमान र त्यहाँबाट गाडीमा रुपन्देही लगिएको थियो । उनलाई नेपाल प्रहरीको रोहबरमा रुपन्देही भैरहवा ल्याइएको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा बिहीबार ९पुस ३० उच्च अदालत बुटवलका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएपछि आवश्यक कागजी प्रक्रिया पूरा गर्न उनी आज रुपन्देही गएका हुन् ।
रवि लामिछानेले अदालतमा कानुनी प्रकृया गर्दैगर्दा समर्थकहरुले रविको पक्षमा प्रदर्शन गरेका छन् ।
प्रतिक्रिया