logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • गोरखाबाट रामशरण बस्नेत र आरसी लामिछाने एमाले केन्द्रीय सदस्यमा विजयी

    गोरखाबाट रामशरण बस्नेत र आरसी लामिछाने एमाले केन्द्रीय सदस्यमा विजयी

    गोरखा । नेकपा एमालेको ११ औँ केन्द्रिय महाअधिवेशन सम्पन्न भएको छ । महाअधिवेशनबाट गोरखाका रामशरण बस्नेत र आरसी लामिछाने केन्द्रीय सदस्यमा विजयी भएका छन् । बस्नेत भूगोलतर्फको खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् भने आरसी लामिछानेले सम्पर्क समन्वयको खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

    बस्नेत कुल १४१९ मत ल्याएर विजयी भएका हुन् । गोरखा नगरपालिका–३ नारेश्वरका बस्नेत नवौं महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य चयन भएका थिए भने दशौं महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भएका थिए । उनी यसअघिको गण्डकी प्रदेश सरकारका पूर्वभौतिक पूर्वाधार मन्त्री पनि थिए ।

    आरुघाट गाउँपालिका १० मंगलटारका लामिछाने १८४९ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । बस्नेत र लामिछाने दुवैजना अध्यक्ष केपी शर्मा ओली प्यानलबाट केन्द्रीय सदस्य उम्मेदवारी दिएका थिए । अर्का केन्द्रीय सदस्यका उम्मेद्वार गोरखाका प्रेम गुरुङ, अब्दुस मियाँ र बाबुराम अधिकारी भने पराजित भएका छन् । एमालेको हालै सम्पन्न ११ औँ केन्द्रीय महाअधिवेशनले अध्यक्षमा पुनः केपी शर्मा ओलीलाई चयन गरेको छ ।

    यस्तै, पार्टीको केन्द्रीय महासचिवमा शंकर पोखरेल, उपाध्यक्षमा विष्णुप्रसाद पौडेल, रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ र गोकर्ण विष्ट, उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई, सचिवमा महेश बस्नेत, पद्मा अर्याल, छबिलाल विश्वकर्मा, शेरधन राई, खगराज लामिछाने, हिक्मत कार्की, यामलाल कँडेल, राजन भट्टराई र भानुभक्त ढकाल चयन भएका छन् ।



    hamroserophero hamroserophero    
  • ४ पुष २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP