logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • अस्ट्रेलियामा गोलीबारीहुँदा १० जनाको मृत्यु

    • hamroserophero hamroserophero
    • २९ मंसिर २०८२ आईतवार
    अस्ट्रेलियामा गोलीबारीहुँदा १० जनाको मृत्यु

    २८ मंसिर-अस्ट्रेलिया, न्यू साउथ वेल्स राज्यको सिड्नीस्थित बन्डी बिचमा भएको गोलीबारीमा एक आक्रमणकारीसहित १० जनाको मृत्यु भएको छ ।

     

    उक्त घटनामा कम्तीमा १२ जना घाइते भएका छन् र दुई अधिकारीलाई गोली लागेको बीबीसीले जनाएको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले बन्डीको दृश्यलाई स्तब्ध पार्ने र पीडादायी भनेका छन् ।

     

    बीबीसीसँग कुरा गर्दै एक प्रत्यक्षदर्शीले गोलीबारी सुरु हुँदा उनी बिचमा भइरहेको हनुकाह कार्यक्रमबाट आफ्ना बच्चाहरूसँगै भागेको बताए । प्रहरीले घटनाको सम्बन्ध हनुकाह कार्यक्रमसँग छ/ छैन भन्नेबारे अझै अज्ञात रहेको बताएको छ ।



    hamroserophero hamroserophero    
  • २९ मंसिर २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP