logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

    • hamroserophero hamroserophero
    • २८ मंसिर २०८२ शनिबार
    सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

    काठमाडौं। दाेश्राे संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच शनिबार भएको फाइनलमा सुदुर पश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनीले उपाधि जितेको छ।

    कीर्तिपुरस्थित टियु क्रीकेट मैदानमा जवाफी ब्याटिङ गरेको लुम्बिनीले ९ ओभरमा ८६ रनको लक्ष्य भेटाएको हो।

    लुम्बिनीलाई जिताउन दिनेश अधिकारी र डी’अर्सी जोन सर्टले ४ ओभर १ बलमा ५८ रनको साझेदारी गरे। लुम्बिनीको लागि दिनेशले सर्वाधिक ४२ रनको योगदान गरे। उनले १३ बलमा ५ छक्का र १ चौकाको मदतमा उक्त रन जोडेका हुन्। त्यस्तै, कप्तान रोहित मल्ल १६, डी’अर्सीले १४, निरोशन डिकवेल्ला ११ र दिलीप नाथले आजीवित १ रन बनाए।

    सुदुरपश्चिम रोयल्सका लागि हेमन्त धामीले २ तथा कप्तान दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहोराले समान १ विकेट लिए।



    hamroserophero hamroserophero    
  • २८ मंसिर २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP