logo
  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026
  • बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहा गर्न राष्ट्रपतिको आदेश

    • hamroserophero hamroserophero
    • २२ श्रावण २०८१ मंगलवार
    बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहा गर्न राष्ट्रपतिको आदेश

    काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलकी नेतृ खालिदा जियालाई रिहा गर्न आदेश दिएका छन् ।

    उनकी कट्टर प्रतिद्वन्द्वी शेख हसिनाले राजीनामा दिएर देश छाडेको केही घण्टापछि राष्ट्रपतिको आदेश आएको हो ।

    राष्ट्रपति शाहबुद्दिनको नेतृत्वमा बसेको बैठकले बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियालाई तुरुन्त रिहा गर्ने निर्णय गरेको हो ।

    बैठकमा सेना प्रमुख जनरल वाकर–उज–जमान, नौसेना र वायुसेनाका प्रमुख र बीएनपी र जमात–ए–इस्लामी पार्टीलगायत विपक्षी दलका शीर्ष नेताहरू सहभागी थिए ।

    बैठकले विद्यार्थी आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने निर्णय पनि गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।



    hamroserophero hamroserophero    
  • २२ श्रावण २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP