logo
  • २८ भाद्र २०८३, आईतवार | Sun, 13 Sep 2026
  • एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि सबैजसो तयारीको काम सकियो

    • hamroserophero hamroserophero
    • २७ मंसिर २०८२ शुक्रबार
    एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि सबैजसो तयारीको काम सकियो

    काठमाडौँ, २६ मङ्सिर । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि भक्तपुरको सल्लाघारीमा मञ्च व्यवस्थापनसहित सबैजसो तयारीको काम सकिएको छ । एमालेले ११औँ महाधिवेशनको भोलि भक्तपुरको सल्लाघारी खुलाचौरमा उद्घाटन सत्र हुँदैछ ।

    मञ्च व्यवस्थापन समितिका संयोजक तथा एमाले पोलिटब्युरो सदस्य विनोद श्रेष्ठले सबैजसो काम सकिएको बताए । उद्घाटनस्थलमा विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरदेखि भक्तपुरसहित काठमाण्डौ उपत्यकाका ऐतिहासिक, पुरातात्विक सम्पदा र परम्परा झल्कने गरी मञ्च तयार गरिएको छ ।

    मञ्चको दायाँबायाँ हिमाल झल्किने आकृति निर्माण गरिएका छन् । ऐतिहासिक सांस्कृतिक सम्पदाले भरिपूर्ण भक्तपुरको सम्पदाको भल्को दिनेगरी मल्लकालीन शैलीमा चाँगुनारायण मन्दिरको स्वरुपमा मञ्च निर्माण गरिएको छ ।

    उद्घाटनस्थलको मञ्चमा नेवारी कला, संस्कृति झल्कने दृश्य राखिएका छन् । २२ सय ६२ प्रतिनिधि सहभागी हुने महाधिवेशनको उद्घाटन सत्रमा एमालेले प्रमुख दलका शीर्ष नेताहरूलाई पनि निमन्त्रणा गरेको छ । साथै १० हजार स्वयंसेवक परिचालन गर्ने तयारी छ । एमालेको ११औँ महाधिवेशनका लागि बाहिरी जिल्लाबाट आएका नेता कार्यकर्ताको चहलपहल पनि बढेको छ ।



    hamroserophero hamroserophero    
  • २७ मंसिर २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP