२३ मंसिर – काठमाडौं, प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान नभई निरन्तरको सङ्घर्ष भएको बताएका छन्।
भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा सुशासनका पक्षधर सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा आज शुभकामना व्यक्त गर्दै उनले भ्रष्टाचार अन्त्यका लागि राजनीतिक नेतृत्वको इमानदार प्रतिबद्धता, संस्थागत सुदृढीकरण र जनताको सचेत सहभागिता अपरिहार्य रहेको नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०का संयोजक पुष्पकमल दाहाल बताएका छन्।
संयुक्त राष्ट्रसङ्घको भ्रष्टाचारविरुद्धको महासन्धि सन् २००३ मा पारित भएपछि हरेक वर्ष डिसेम्बर ९ मा यो दिवस मनाउने गरिन्छ। नेपालले सन् २०११ मा यो महासन्धिलाई अनुमोदन गरी सुशासन र पारदर्शिताप्रति आफ्नो प्रतिबद्धता जनाएको थियो।
उनले बिना कुनै राजनीतिक आग्रह र पूर्वाग्रह, भूटानी शरणार्थी प्रकरणलगायत ठूलाठूला भ्रष्टाचार काण्डहरूको छानबिन अघि बढाइएको पनि बताएका छन।
प्रतिक्रिया