logo
  • २२ जेष्ठ २०८३, शुक्रबार | Fri, 05 Jun 2026
  • आजदेखि रास्वपाको राष्ट्रिय भेला सुरु हुँदै, प्रथम अधिवेशनको मिति तय गर्ने

    • hamroserophero hamroserophero
    • १ आश्विन २०८१ मंगलवार
    आजदेखि रास्वपाको राष्ट्रिय भेला सुरु हुँदै, प्रथम अधिवेशनको मिति तय गर्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु हुँदैछ । प्रज्ञा प्रतिष्ठान कमलादीमा आजदेखि सुरु हुने भेला भोलि बुधबारसम्म चल्नेछ । भेला पौने बिहान ९ बजे घण्ट बजाएर उद्घाटन हुनेछ ।

    भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य-मान्यता, उम्मेदवार क्लब/लिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने रास्वपाले जनाएको छ । सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् संगठन विभागका प्रमुख बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् ।

    यसै भेलाबाट राष्ट्रिय अभियान पनि घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय हुनेछ ।भेलामा देशभरबाट १५०० बढी प्रतिनिधि सहभागी हुनेछन् । निर्वाचन क्षेत्र समिति, जिल्लाका संयोजक/उपसंयोजक, प्रदेशको समिति/विभाग, केन्द्रीय समिति/विभाग/ आयोगहरूबाट प्रतिनिधित्व रहनेछ ।

    भेलाले नीतिगत, वैचारिक, सांगठनिक रुपले रास्वपालाई थप परिपक्व र स्पष्टता प्रदान गर्ने रास्वपाले अपेक्षा राखिएको छ ।आज पहिलो दिन संगठन विभाग प्रमुख बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् । सोही प्रतिवेदनमाथि छलफल हुनेछ । पार्टी सभापति लामिछानेको प्रतिवेदन भने बुधबार पेस हुनेछ ।



    hamroserophero hamroserophero    
  • १ आश्विन २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP