काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलकी नेतृ खालिदा जियालाई रिहा गर्न आदेश दिएका छन् ।
उनकी कट्टर प्रतिद्वन्द्वी शेख हसिनाले राजीनामा दिएर देश छाडेको केही घण्टापछि राष्ट्रपतिको आदेश आएको हो ।
राष्ट्रपति शाहबुद्दिनको नेतृत्वमा बसेको बैठकले बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियालाई तुरुन्त रिहा गर्ने निर्णय गरेको हो ।
बैठकमा सेना प्रमुख जनरल वाकर–उज–जमान, नौसेना र वायुसेनाका प्रमुख र बीएनपी र जमात–ए–इस्लामी पार्टीलगायत विपक्षी दलका शीर्ष नेताहरू सहभागी थिए ।
बैठकले विद्यार्थी आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने निर्णय पनि गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया