logo
  • १३ कार्तिक २०८३, बिहीबार | Thu, 29 Oct 2026
  • पर्यटन बोर्डको सीईओमा पूर्वमन्त्रीदेखि विवादित पात्रसम्म प्रतिस्पर्धा 

    • hamroserophero hamroserophero
    • १० आश्विन २०८३ शनिबार
    पर्यटन बोर्डको सीईओमा पूर्वमन्त्रीदेखि विवादित पात्रसम्म प्रतिस्पर्धा 

    सावन १० – काठमाडाैं : नेपाल पर्यटन बोर्डको सीईओ पदका लागि ४१ जनाले आवेदन दिएका छन्—११ जनाले इमेलमार्फत र ३० जनाले भौतिक रूपमा। आवेदनपछि छनोट उपसमितिले रणनीतिक कार्ययोजना र व्यावसायिक उपलब्धिको मूल्यांकन गरी सर्टलिस्ट, प्रस्तुतीकरण र अन्तर्वार्ताबाट सीईओ छनोट गर्नेछ।

     

    आवेदन दिने उम्मेदवारहरूमा राजकुमार पाण्डे, अनिल थापा, प्रिती झा, श्री गुरुङ, कृतन अवाल, श्री भट्टराई, खगेश्वर अधिकारी, निरोज कर्माचार्य, लीलाकुमार श्रेष्ठ, विनोद अर्याल र डा. लेखनाथ भण्डारी छन्।

     

    कार्यालयमा भौतिक रूपमा दर्ता गराउनेहरू आशुतोष प्रधान, नोजल कोइराला, गीता कुमारी शर्मा, ज्ञानेश्वरप्रसाद सिंह महतो, ज्ञानेन्द्ररत्न तुलाधर, सूर्यबहादुर घिमिरे, हिक्मतसिंह ऐर, उत्तमप्रसाद देवकोटा, प्रमेश केसी, सुरेशसिंह बुढाल, रोहिणीप्रसाद खनाल, युबिका भण्डारी, विजय कँडेल, सन्तोष थापा, सुधन सुवेदी, नवीन पोखरेल, सुनील बलाल, जिनेश काजी सिन्धुकार, धर्मराज दवाडी, लीलानाथ भण्डारी, अभिषेक विक्रम शाह, टेकबहादुर महत, सूर्य थापालिया, लक्ष्मण गौतम, सन्तोष विक्रम थापा, प्रज्ञा घिमिरे, उदय भट्टराई, रामचन्द्र सेढाईं, श्रद्धा श्रेष्ठ र राजाराम केसी छन्।

     

     

    [https://www.sidhakura.com/detail/3343 तत्कालिन बोर्डका वरिष्ठ प्रबन्धक लक्ष्मण गौतमले स्थापना नै नभएको कञ्चन ट्राभल्समा काम गरेको देखाउने फर्जी अनुभव प्रमाणपत्र पेश गरी नियुक्ति लिएको आरोप छ।

     

     

    https://www.beemapost.com/2025/12/200766/ पर्यटन बोर्डकाे २०७१ सालको चर्चित भ्रष्टाचार प्रकरणमा २७ कर्मचारीलाई मुद्दा नचलाई सरकारी साक्षी बनाइएको थियो, जसमा पूर्व मन्त्री श्रेष्ठ पनि थिइन्। उनको नाममा करिब ११.५ लाख रुपैयाँ निकालिएको भए पनि उनले आफूलाई जानकारी नभएको र हस्ताक्षरसमेत नक्कली भएको बयान दिएकी थिइन्।]



    hamroserophero hamroserophero    
  • १० आश्विन २०८३ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP