logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • प्रधानमन्त्री बालेनलाई सर्वोच्चले दियो अवहेलना मुद्दामा वारेस अनुमति

    • hamroserophero hamroserophero
    • ४ बैशाख २०८३ शुक्रबार
    प्रधानमन्त्री बालेनलाई सर्वोच्चले दियो अवहेलना मुद्दामा वारेस अनुमति

    ४ वैशाख- काठमाडौं,  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफूविरुद्ध दर्ता गरिएको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले वारेस अनुमति दिएको छ । उनले सर्वोच्चमा दिएको निवेदनमाथि सुनुवाइ सकिएपछि शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले मुद्दामा वारेस राख्ने सुविधा प्रदान गरेको हो ।

    प्रधानमन्त्री बालेनले प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएलगत्तै कार्यव्यस्तता देखाएर वारेस अनुमतिका निम्ति निवेदन दिएका थिए । अवहेलना मुद्दामा उनले तीन वर्षदेखि अदालती तारिखमा धाइरहेका थिए । अब भने अवहेलना मुद्दामा उनी आफैँ अदालतमा धाउनुपर्ने छैन ।

    उनीविरुद्धको अवहेलना मुद्दामा यसअघि सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरि फुयालको संयुक्त इजलासले वारेस अनुमति दिन अस्वीकार गरेको थियो । र, बालेन आफैँ सर्वोच्चमा उपस्थित हुँदै आएका थिए ।

    मुद्दाका वादी–प्रतिवादीले अदालतमा स्वयम् उपस्थित हुन नसक्ने अवस्था भए सट्टामा अर्को व्यक्तिलाई प्रतिनिधिका रूपमा राख्ने कानुनी प्रक्रियालाई वारेस भनिन्छ । सर्वोच्चले वारेस अनुमति दिए पनि मुद्दा प्रक्रिया बाँकी छ ।



    hamroserophero hamroserophero    
  • ४ बैशाख २०८३ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP