logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • सरकारले तेल ४१ देशहरूबाट आयात गर्दै छ : मोदी

    सरकारले तेल ४१ देशहरूबाट आयात गर्दै छ : मोदी

    ९ चैत-काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यपूर्वमा जारी युद्ध अन्त्य हुनुपर्ने बताएका छन् ।

    सोमबार लोकसभालाई सम्बोधन गर्दै उनले तनाव अन्त्य हुनुपर्ने र संवाद नै समस्याको एक मात्र समाधान भएको पनि बताए । साथै, उनले जनता र पावर प्लान्टहरूमाथिको आक्रमणहरू अस्वीकार्य रहेको बताए । उनले होर्मुज जलडमरू मार्ग अवरुद्ध गर्नु स्वीकार्य नहुने पनि बताए ।

    मोदीले आफ्नो सरकार देशमा तेल र ग्यास संकट रोक्न प्रयासरत रहेको बताए । ‘सरकार देशमा तेल र ग्यास संकट रोक्न प्रयासरत छ । यस उद्देश्यका लागि हामी अब २७ देशको सट्टा ४१ देशहरूबाट आयात गर्दैछौँ ।’ मोदीले भने ।

    उनले सरकारले अहिले ६५ लाख मेट्रिक टन ग्यास र तेल भण्डार स्थापना गर्ने काम गरिरहेको जानकारी गराए । उनले सरकार विभिन्न देशका आपूर्तिकर्ताहरूसँग सम्पर्कमा रहेको र सम्भव भएसम्म आपूर्ति जारी राख्ने प्रयास भइरहेको पनि बताए ।

    ‘तेल, ग्यास र मल बोकेका जहाजहरू सुरक्षित रूपमा भारत पुग्ने कुरा सुनिश्चित गर्न हामी हाम्रा साझेदारहरूसँग सम्पर्क गरिरहेका छौँ ।’ उनले भने । उनले खाद्यान्न राशनबारे जानकारी दिँदै भारतसँग अहिले पर्याप्त खाद्यान्न भण्डार रहेको बताए ।

    मोदीले हालसम्म इरानबाट ३ लाख ७५ हजार भारतीयहरू सुरक्षित रूपमा देश फर्किएको पनि जानकारी गराए ।



    hamroserophero hamroserophero    
  • ९ चैत्र २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP