logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • विदेशी नागरिकलाई नेपालको अध्यागमनमा अब छुट्टै डेस्क

    विदेशी नागरिकलाई नेपालको अध्यागमनमा अब छुट्टै डेस्क

    ८ चैत -काठमाडौं , नेपाली मूलका विदेशी नागरिकलाई अध्यागमनले छुट्टै डेस्कको व्यवस्था गर्ने निर्णय गरेको छ। अध्यागमनले नेपाली मूलका विदेशी नागरिकलाई लक्षित गर्दै छुट्टै आगमन र प्रस्थान कक्ष स्थापना गर्ने निर्णय गरेको हो।

    अध्यागमन विभागले विदेशी मूलका नेपालीहरूका लागि अब छुट्टै डेस्क स्थापना हुने जानकारी दिएको हो। नेपाली मूलका विदेशी नागरिकहरूको नेपाली भाषा/संस्कृति र नेपाली माटोप्रतिको आत्मियतालाई प्रगाढ बनाउन छुट्टै डेस्क स्थापना हुने निर्णय गरिएको अध्यागमनले जनाएको छ।

    नेपाली मूलका नागरिकहरूको छाता संगठन एसोसिएसन अफ नेपाली ओरिजन, नेपाली मूलका विदेशी नागरिकलगायतले अध्यागमनमा एनआरएनए र नेपाली मूलका विदेशी नागरिकका लागि छुट्टै अध्यागमन डेस्क स्थापना गर्न गृह मन्त्रालयलाई आग्रह गरेको थियो। एएनओका अधिकारीहरूले केही दिनअघि गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर विदेशी मूलका नेपाली नागरिकका लागि अध्यागमनमा छुट्टै डेस्क स्थापना गर्न आग्रह गरेका थिए। सोही बमोजिम गृहमन्त्रीको निर्देशनमा अध्यागमन विभागले उक्त निर्णय गरेको हो।



    hamroserophero hamroserophero    
  • ८ चैत्र २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP