logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • भारतको हिमाञ्चलबाट चार बर्षदेखि बन्धक नेपाली किशोरीको उद्धार

    • hamroserophero hamroserophero
    • १२ फाल्गुन २०८२ मंगलवार
    भारतको हिमाञ्चलबाट चार बर्षदेखि बन्धक नेपाली किशोरीको  उद्धार

    १२ फागुन- काठमाडौं, भारत हिमांचल प्रदेशको कोताखाई भन्ने स्थानमा चार बर्षदेखि बन्दक बनाइएकी नेपाली किशोरीको उद्धार गरिएको छ । उनी रुकुम पश्चिमकी स्थायी वासिन्दा हुन् ।
    नेपाली दूताबास दिल्लीमा आएको निवेदनका आधारमा किन इन्डिया, वाल कल्याण समिति र हिमान्चल प्रहरीको टिमले चार बर्षदेखि बन्धक किशोरीलाई उद्धार गरिएको किन इन्डिया सामाजिक संस्थाका कार्यकारी निर्देशक नविन जोशीले जानकारी दिए ।

    नेपाल न्यूज बैंकलाई जोशीले दिएको जानकारी अनुसार दुई महिनाको प्रयासपछि निज किशोरीलाई सकुशल उद्धार गरिएको हो । आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनलाई दिल्ली ल्याइने भएको छ ।



    hamroserophero hamroserophero    
  • १२ फाल्गुन २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP