logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • संरक्षित वन्यजन्तु जीवित कछुवा खरिद बिक्री गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

    संरक्षित वन्यजन्तु जीवित कछुवा खरिद बिक्री गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

    १३ माघ-काठमाडौं, संरक्षित वन्यजन्तु जीवित कछुवा खरिद बिक्री गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-३ धोबीघाट बस्ने चितवन भरतपुर महानगरपालिका-१६ घर भएका १९ वर्षीय रोहिम तिवारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

     

    अवैध रूपमा संरक्षित वन्यजन्तु जीवित कछुवा ओसारपसार गरी खरिद बिक्री गर्न बोकी हिँडेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-३ धोबीघाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट ६ वटा जीवित कछुवा समेत बरामद गरेको छ ।

    उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुरमा बुझाइएको छ ।



    hamroserophero hamroserophero    
  • १४ माघ २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP