logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • रास्वपाको समानुपातिकबाट रामजी रामले पनि फिर्ता लिए नाम

    रास्वपाको समानुपातिकबाट रामजी रामले पनि  फिर्ता लिए नाम

    २३ पुष- काठमाडौं ,  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिकतर्फको बन्दसूचीमा परेका डा. रामजी रामले पनि आफ्नो नाम फिर्ता लिएका छन् । उनले आज नाम फिर्ता लिएको घोषणा गरेका हुन् ।

    उनले बन्दसूचीमा नाम समावेश हुनु आफ्ना लागि व्यक्तिगत सम्मान मात्र नभई पुस्तौँदेखि आवाजविहीन बनाइएका हजारौँ सपनाको प्रतिनिधित्व भएको बताएका छन् ।

    ‘यो केवल मेरो नाम मात्र थिएन, दलित समुदायको सामूहिक आकांक्षा र पहिचान पनि थियो,’ उनले लेखेका छन् । उनले आफूभन्दा पनि अझै बढी पीडित, अझै कम सुनिएका आवाज संसदभित्र पुग्नुपर्ने बताएका छन् ।

    उनले आफू फरक भूमिकामा रहेर पनि राजनीतिक चिन्तन, अल्पसंख्यकको आवाज, दलित अधिकार, सामाजिक न्याय, लोकतान्त्रिक मूल्य र सुशासनका पक्षमा निरन्तर आवाज उठाइरहने उल्लेख गरेका छन् ।



    hamroserophero hamroserophero    
  • २३ पुष २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP