logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • हत्यामा संलग्न दुई जना पक्राउ

    • hamroserophero hamroserophero
    • २८ मंसिर २०८२ शनिबार
    हत्यामा संलग्न दुई जना पक्राउ

    २७ मंसिर- कास्की, पोखरा महागनरपालिका-१० रामघाट बस्ने सोही महानगरपालिका-१६ घर भएका ६० वर्षीय रमेश सुनारको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-११ फूलबारी बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-१ घर भएका ३२ वर्षीय हरिराम बुर्लाकोटी र पोखरा महानगरपालिका-१० बस्ने पाल्पा रामपुर नगरपालिका-४ घर भएका ३८ वर्षीय कृष्ण बहादुर थापा भन्ने कृष्ण बहादुर भुजेल रहेका छन् ।

     

    पोखरा महानगरपालिका-१२ स्थित ढिकालेथर शिव मन्दिर नजिकै रमेशको शव बिहीबार बिहान फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले घटनामा संलग्न मध्ये कृष्ण बहादुरलाई पोखरा महानगरपालिका-१० बाट बिहीबार र हरिरामलाई सोही महानगरपालिका-१२ बाट शुक्रबार पक्राउ गरेको हो ।

      उनीहरू उपर जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    hamroserophero hamroserophero    
  • २८ मंसिर २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP