logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • हत्या गरेको अभियोगमा पक्राउ

    • hamroserophero hamroserophero
    • २४ मंसिर २०८२ मंगलवार
    हत्या गरेको अभियोगमा पक्राउ

    २३ मंसिर- दैलेख, आफ्नै बुवा ६५ वर्षीय धन बहादुर रामजाली मगरको हत्या गरेको अभियोगमा नौमुले गाउँपालिका-५ गजमाली बस्ने २७ वर्षीया तिर्सना रामजाली मगरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

     

    तिर्सनाले काठको चिरपट प्रहार गर्दा धन बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । चिरपट प्रहारबाट गम्भीर घाइते भएका धन बहादुरको प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमा उपचारको क्रममा मृत्यु भएको हो ।

     

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 



    hamroserophero hamroserophero    
  • २४ मंसिर २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP