logo
  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026
  • काभा महिला भलिबल लिगको उपाधि भिडन्त आज, नेपाल र भारत भिड्दै

    • hamroserophero hamroserophero
    • २३ श्रावण २०८१ बुधबार
    काभा महिला भलिबल लिगको उपाधि भिडन्त आज,  नेपाल र भारत भिड्दै

    काठमाण्डौ । काभा महिला भलिबल लिगको उपाधिका लागि आज नेपाल र भारत खेल्दैछन् । खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बेलुका पाँच बजे शुरु हुनेछ ।

    यसअघि हिजो भएको खेलमा इरानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले इरानलाई ३–० को सोझो सेटमा हरायो । योसँगै नेपालले लिग चरणमा इरानसँग बेहोरेको हारको बदला लिएको छ । लिग चरणमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो ।

    हिजो भएको पहिलो सेमिफाइनलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगेको थियो । लिग चरणमा नेपालले भारतलाई हराउँदै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो ।

    फाइनल खेल बेलुका पाँच बजे शुरु हुनेछ । त्यसअघि तेस्रो स्थानका लागि दिउँसो दुई बजे इरान र श्रीलङ्काबीच खेल हुनेछ । पाँच वटा देश सहभागी प्रतियोगितामा माल्दिभ्स एक अङ्क पनि नजोडी लिगबाटै बाहिरिएको थियो ।



    hamroserophero hamroserophero    
  • २३ श्रावण २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP