logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

    • hamroserophero hamroserophero
    • २२ मंसिर २०८२ आईतवार
    स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

    २१ मंसिर -काठमाडौं महानगरपालिका-१४ कुलेश्वरबाट स्रोत नखुलेको नगद २० लाख रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-९ घर भएका ३४ वर्षीय सरोज श्रेष्ठलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

     

    प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप स्रोत नखुलेको नगद ३७ लाख ४७ हजार ३ सय ५० रूपैयाँ फेला पारी प्रहरीले बरामद गरेको छ ।

     

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    hamroserophero hamroserophero    
  • २२ मंसिर २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP