logo
  • १ असार २०८३, सोमबार | Mon, 15 Jun 2026
  • आज मोतीराम भट्टको १५९ औँ जन्मजयन्ती

    • hamroserophero hamroserophero
    • १७ भाद्र २०८१ सोमबार
    आज मोतीराम भट्टको १५९ औँ जन्मजयन्ती

    काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वि.सं.१९२३ साल भदौ कृष्ण कुशे औँसीका दिन जन्मिएका उनको वि.सं.१९५३ साल भदौ कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो ।

    मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि योगदान पुर्‍याएका थिए ।। नेपाली साहित्यको श्रृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए । यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुवात भएको हो ।

    भट्टले नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशित गरेका थिए । तत्कालीन समयमा नेपाली साहित्यमा उनले गरेका योगदान अतुलनीय छ ।



    hamroserophero hamroserophero    
  • १७ भाद्र २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP