काठमाडौं । गायिका मैयाँ कुमालको नयाँ तिज गीत ‘म नाचेर कहिल्यै थाक्दिन’ सार्वजनिक भएको छ । यस गितलाई मैयाँ देबि कुमालले गाएकी हुन् । शिवराज गौतम र बुद्धिराज परियारले शब्द संकलन गरेकाछन्् भने संगीत शिवराज गौतम कै रहेको छ ।
छाडा र अश्लिलता गितहरु सार्वजनिक भइरहेको बेला कुमालले सभ्य र पारिवारसँग मजाले हेर्न मिल्ने गित सार्वजनिक भएको छ । महिलाहरु आफ्नै खुट्टामा उभिएर बाँच्नुको मज्जा छुट्टै हुने भाव गीतमा पाउन सकिन्छ ।
रुबिन मगरको एरेन्ज रहेको गीत ‘ईगल आई भ्यु प्रोडक्सन’ नामको युटुव च्यानलबाट सार्वजनिक भएको छ । बाल्यकालदेखि नै गायनमा रुची राख्ने उनले अबका दिनमा अझ बढी राम्रा गीतहरु बजारमा ल्याउने बताएकी छिन् ।
प्रतिक्रिया