logo
  • १ असार २०८३, सोमबार | Mon, 15 Jun 2026
  • पाल्पामा कार दुर्घटना हुँदा एक जनाको ज्यान गयो

    • hamroserophero hamroserophero
    • १० भाद्र २०८१ सोमबार
    पाल्पामा कार दुर्घटना हुँदा एक जनाको ज्यान गयो

    काठमाण्डौं । पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । तानसेनबाट रानीमहलतर्फ गुडिरहेको यूपी १४ डीएन १०४ भारतीय नम्बरको कार गएराति पौने ११ बजेतिर नारायण डाँडामा दुर्घटनामा परेको थियो ।

    दुर्घटनामा भारतको उत्तर प्रदेश बस्ने एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । कारमा रहेका अरु पाँच जना भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।



    hamroserophero hamroserophero    
  • १० भाद्र २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP