काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार गोलभेडा ठूलो (नेपाली) प्रति केजी न्यूनतम ८० रहेको छ भने अधिकतम ९० गोलभेडा सानो (लोकल) न्यूनतम ५० अधिकतम ६० आलु रातो न्यूनतम ६५ अधिकतम ७० आलु रातो (भारतीय) न्यूनतम ५६ रहेको छ भने अधिकतम ५८ आलु रातो (मुडे) न्यूनतम ५८ अधिकतम ६० रुपैयाँ कायम भएको छ ।
प्याज सुकेको (भारतीय) न्यूनतम ९५ देखि अधिकतम १०० काउली स्थानीय न्यूनतम ७० अधिकतम ८० रुपैयाँ र बन्दा (लोकल) न्यूनतम ७० अधिकतम ८० रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको समितिले जनाएको छ ।
केरा दर्जन न्यूनतम १४० अधिकतम १५० र स्याउ (फूजी) प्रति केजी न्यूनतम ३०० अधिकतम ३२० रुपैयाँ कायम भएको छ ।
हेर्नुहोस् कुन तरकारी तथा फलफूलको मूल्य कति ?






प्रतिक्रिया