logo
  • २८ मंसिर २०८२, शनिबार | Sat, 13 Dec 2025
  • अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस आधिकारिक रुपमा राष्ट्रपतिको उम्मेदवारमा चयन

    • hamroserophero hamroserophero
    • १९ श्रावण २०८१ शनिबार
    अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस आधिकारिक रुपमा राष्ट्रपतिको उम्मेदवारमा चयन

    काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिक पार्टीले राष्ट्रपति पदको उम्मेदवार चयन गरेको छ । यस अघि पार्टीका नेताहरुले समर्थन गर्दै आएकामा डेमोक्रेटिक नेसन कमिटी (डीएनसी) ले औपचारिक रुपमा आउँदो चुनावका लागि दलको तर्फबाट उम्मेदवार चयन गरेको छ ।

    भर्चुअल मतदानमा उपराष्ट्रपति ह्यारिसले पार्टीको तर्फबाट उम्मेदवारी प्राप्त गर्न आवश्यक सीमा पार गरेपछि डीएनसीले औपचारिक रुपमा उम्मेदवार घोषणा गरेको हो । ह्यारिस अमेरिकामा मुख्य दलको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बन्ने पहिलो अश्वेत र पहिलो दक्षिण एसियाली मुलकी महिला बनेकी छन्।

    आउँदो नोभेम्बरमा हुने चुनावमा पूर्व राष्ट्रपती डोनाल्ड ट्रम्पलाई पराजित गर्न सकेमा उनि अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्नेछिन् । यसैबीच ह्यारिस उम्मेदवार बनेपछि उनि चुनावी प्रचारका लागि चन्दा दिने क्रम पनि बढेको छ ।

    अहिलेसम्म ट्रम्पको चुनावी अभियान बैंक खातामा ३२ करोड ७० लाख अमेरिकी डलर चन्दा जम्मा हुँदा ह्यारिसको चुनावी अभियान खातामा ५४ करोड डलर जम्मा भएको छ । जसमध्ये १२ करोड राष्ट्रपति बाइडेनले उम्मेदवार त्याग्नु अघिको हो भने बाँकी बाइडेनले प्रतिस्पर्धा छाडेपछिको हो ।



    hamroserophero hamroserophero    
  • १९ श्रावण २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP