logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ

    • hamroserophero hamroserophero
    • २७ मंसिर २०८२ शुक्रबार
    नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ

    २६ मंसिर- तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९२ ट्याब्लेट सहित बागलुङ जैमिनी नगरपालिका-५ बस्ने २२ वर्षीय तिलक शर्मालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट बागलुङतर्फ जाँदै गरेको बा.प्र ०३-००१ ख २८६४ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

     

    मोरङ, रतुवामाई नगरपालिका-६ गणेश मन्दिर टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट र स्पास्मो ३० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २४ वर्षीय कविन खत्रीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    hamroserophero hamroserophero    
  • २७ मंसिर २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP