काठमाडौं । गायक राजु थापाको नयाँ लोकदोहोरी गीत बर पिपलको छायाँले सार्वजनिक भएको छ। म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतमा गायक राजु थापाको स्वर छ भने शब्द स्वयं गायक थापाको नै छ ।
गीतमा लय भने लोकप्रिय गायक भोजराज काफ्लेको छ। भोजराज काफ्लेको नै निर्देशनमा तयार भएको भिडियोमा यादव प्रसाद देवकोटा सरापे , मेलिना ठकुरी, लक्ष्मण चौलागाई, सुदर्शन आचार्य र होम तामाङको अभिनय रहेको छ । रेशम दर्लामीले छायाङ्कन गर्नुभएको भिडियोलाई प्रदीप दाहालले सम्पादन गर्नुभएको छ । भिडियो पक्ष निकै सुन्दर बनेको युट्युबमा प्रतिक्रियाहरू आएका छन्।
मौलिकताले भरिएको गीत दर्शक श्रोताले मन पराउनुभएको गायक थापाको भनाइ छ। उसो त गायक थापाले यो भन्दा अगाडि सिन्धुलीगढी घुमेर हेर्दा रिमेक गरिएको बोलको गीतमा आवाज दिनुभएको छ । सिन्धुलीगढी घुमेर हेर्दा यही गीतका गायक श्रष्ठा कृष्ण विक्रम थापाका छोरा हुन् राजु थापा ।
गायक थापाले आफ्नो बुबाले गीतसंगीतमा गर्नुभएको मेहनत, त्याग, समर्पणलाई सम्झिँदै बुबाका केही मौलिकता र यथार्थ परक रहेको गीतलाई पुनः दर्शक माझ स्मरण गराउँदै अघि बढ्ने बताउनुभएको छ ।
प्रतिक्रिया