२१ वैशाख- काठमाडौं । वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएका छन्।
उनले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर राजीनामा बुझाएका हुन्। राजीनामा स्वीकृत भने भइसकेको छैन । सरकारले राजनीतिक नियुक्ति लिएकालाई पदमुक्त गर्ने अध्यादेश ल्याएसँगै उनले राजीनामा दिएका हुन् ।
यसअघि चिकित्सा शास्त्र अध्ययन संस्थान (वीर अस्पताल) का पदाधिकारी पदमुक्त भइसकेका छन्।
प्रतिक्रिया