logo
  • १९ जेष्ठ २०८३, मंगलवार | Tue, 02 Jun 2026
  • राप्रपाको संसदीय दलको नेता बन्दै ज्ञानेन्द्र शाही

    • hamroserophero hamroserophero
    • ३ चैत्र २०८२ मंगलवार
    राप्रपाको संसदीय दलको नेता बन्दै ज्ञानेन्द्र शाही

    ३ चैत -काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन हुने लगभग निश्चित भएको छ। जुम्लाबाट प्रत्यक्ष निर्वाचित भएका उनी पार्टीका एकमात्र प्रत्यक्ष विजेता हुन्।

    यसपटक पार्टी ५ सिटमा सीमित भए पनि शाहीको जितले राष्ट्रिय पार्टीको मान्यता जोगिएको छ। यही कारण पार्टीभित्र उनको नेतृत्वप्रति समर्थन बलियो देखिएको हो।

    औपचारिक निर्णय भने पार्टी बैठकबाट हुनेछ । तर नेताहरूले संसदीय दलको नेतामा शाहीबाहेक अन्य विकल्प नरहेको बताएका छन् । शाहीले लगातार दोस्रोपटक जुम्लाबाट जितेका हुन् ।

    शाही अघिल्लो पटक संसदमा राप्रपाको प्रमुख सचेतकको भूमिकामा थिए ।



    hamroserophero hamroserophero    
  • ३ चैत्र २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP