logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • जेनजी आन्दोलनमा लुटिएका हातहतियारसहित एकजना पक्राउ

    • hamroserophero hamroserophero
    • १९ फाल्गुन २०८२ मंगलवार
    जेनजी आन्दोलनमा लुटिएका हातहतियारसहित एकजना पक्राउ

    १९ फागुन-काठमााडौं, जेनजी आन्दोलनमा लुटिएका हातहतियारसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

    गोरखा पालुङटार नगरपालिका–९ घर भई हाल भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–८ भुम्भोड बस्ने ३१ वर्षीय आयन सेढाईंलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो ।

    सेढाईंलाई ए–८८९६ नम्बरको इन्सास राइफ, एसएलआर राइफलको गोली ४ थान, प्लास्टिक गोली १ थान, सटगनमा लाग्ने गोली १ थान, खुकुरी १ थान, खुकुरीको दाप २ थान, बन्चरो १ थान र लागुऔषधमा प्रयोग गरिने सिरिन्ज ५ थानसहित सेढाईंलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।



    hamroserophero hamroserophero    
  • १९ फाल्गुन २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP